२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:16 am
राजनीति

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

सूचना प्रेस २०८३ बैशाख १० बिहिबार ००:००, १६:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दोस्रो बैठक बसिरहेको हो । कार्यदलको संयोजक प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह छन् ।

बैठकमा रास्वपाका मोहन आचार्य, एमालेबाट संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिस्ट पार्टीबाटका संविधान सभाका सदस्य एवम् पूर्वकानूनमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायत सहभागी छन्। संविधान संशोधन गर्नको लागि दलहरूले अहिले सुझाव राखिरहेका छन् ।