१५ बैशाख २०८३, मंगलबार 1777395947
Banner

चुडामणि शर्माविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध गैरकानुनी रुपमा ‘अकुत सम्पत्ति’ आर्जन र राजस्व चुहावट सम्बन्धी दुई वटा भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइराला इजलासमा रहेको मुद्दा मंगलबार शर्माको कानुन व्यवसायीले स्थगित गराएका हुन् ।

कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियालर छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको थियो ।

यो मुद्दामा विशेष अदालतबाट यसअघि चुडामणी शर्मासहितलाई राजस्व चुहावटमा दोषी ठहर गरेको थियो । शर्मासहित कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप थियो ।

विशेष अदालतले दोषी ठहर गरेपछि उक्त फैसला त्रुटीपूर्ण भएको भन्दै शर्मासहित कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल सर्वोच्च अदालत पुगेका थिए । 

२०८२ असार २५ मा सर्वोच्चका न्यायाधीशहरु सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले स्वच्छ सुनुवाइमा प्रश्न उठाउँदै विशेष अदालतको फैसला त्रुटिपुर्ण भएको औल्याउँदै गर्दै पुन सुनुवाइ गर्न भन्दै सो मुद्दा विशेष अदालतमा फर्काइदिएको थियो ।