१५ बैशाख २०८३, मंगलबार 1777407274
समाचार

सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भन्दै सर्वोच्चमा रिट

काठमाडौं : सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले आयोग खारेज हुनुपर्ने माग सहित दर्ता गरेको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाई हुने ।

सार्वजनिक पदमा भएका व्यक्तिको सम्पत्ति जाचबुझ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसबाहेक राज्यका अरु नियमित निकाय रहेको दावी सहित सिलवालले ती निकायको कार्यक्षेत्र जुध्नेगरी समानान्तर आयोग गठन भएकोमा प्रश्न उठाउदै रिट निवेदन दर्ता गरेका हुन् ।