काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीवार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्।

आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए। सरकारले यसअघि पठाएका ४ वटा अध्यादेश अझै स्वीकृत हुन बाँकी छ।
आजै अध्यादेशबारे राष्ट्रपतिले कानुनविद्हरूसँग छलफल गरेका थिए।


