३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 12:56 pm
Banner

सबैको अन्तरमनमा करुणाको दीप बलोस् : केपी ओली

सूचना प्रेस २०८३ बैशाख १८ शुक्रबार ००:००, ०९:५७ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको बताएका छन् ।  बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शान्तिका अग्रदूत सिद्धार्थ गौतमले आजकै दिन बोध प्राप्त गरेको र बुद्धलाई मानव सभ्यताले प्राप्त गरेको बताएका छन् । 

२५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो । गौतम बुद्धको जन्म, बोधी र महापरिनिर्वाणको यस पावन दिनमा हाम्रो देशभित्र र संसारका सबै देश–देशबिच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गर्दछु’, ओलीले भनेका छन्, ‘मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ उनले यस अवसरमा सबैको अन्तर्मनमा करुणाको दीप बलोस् भन्ने शुभकामना दिएका छन् ।