२० बैशाख २०८३, आइतबार 1777827223
पर्यटन

सगरमाथामा बाटो बनाउँदा भेटियो शव

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने बाटो बनाउने क्रममा एउटा शव भेटिएको छ ।

बाटो बनाउने क्रममा आइसफल डाक्टरले खुम्बु आइसफल क्षेत्रमा बेवारिसे शव फेला पारेका हुन् । हिउँले आधा पुरिएको अवस्थामा शव भेटिएको हो ।

शवलाई शनिबार बिहान काठमाडौं ल्याई थप अनुसन्धान र पहिचानका लागि शिक्षण अस्पतालमा बुझाइएको छ ।

शवको सनाखत हुन बाँकी छ ।