काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एकजना युवकको हत्या भएको छ ।
आज दिउँसै धारिलो हतियार प्रहार गरेर कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा विपिन घिमिरेको हत्या भएको हो ।
गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । साथी साथीबीच झगडा हूँदा विपिनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
हत्या गर्नेको पहिचान भइसके पनि हालसम्म पक्राउ भने परेका छैनन् ।


