२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:01 pm
समाचार

उपसभामुखप्रति गरेको टिप्पणीमा माफी माग्दै हर्कले भने- उपसभामुख हाम्रो पार्टी सदस्य होइनन्

सूचना प्रेस २०८३ बैशाख २५ शुक्रबार ००:००, १५:५२ बजे १ मिनेट पढाइ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ।’ यसअघि उनले प्रधानन्यायाधीस नियुक्तिमा आफ्नो पार्टीबाट उपसभामुख भएकी भन्दै उपसभामुख रूबी ठाकुरमाथि असन्तुष्टि पोखेका थिए । राईले अब उपसभामुखमाथि पार्टीको कुनै निर्देशन वा ह्वीप लागू नहुने पनि स्पष्ट पारेका छन् । उनले यस विषयमा आफूले पहिले नै खेद प्रकट गरिसकेको उल्लेख गर्दै उनी अब हाम्रो पार्टीको हिस्सा होइनन् भनेका छन् ।

उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो । तर वहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब १ वहाँको निर्णयमा पार्टीको कुनै निर्देशन र ह्वीप रहंदैन १ त्यसैले मैले खेदप्रकट गरिसकें ! She is not part of us.’।’

साम्पाङ चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएकोमा उपसभामुखले पनि सहमति जनाएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर श्रम संस्कृति पार्टीबाटै सांसद हुँदै उपसभामुख बनेकी हुन् । ठाकुरले पनि उक्त निर्णयमा सहमति जनाएको भन्दै अध्यक्ष साम्पाङले त्यसलाई खेदजनक भनेका छन् ।