२३ भदौ २०८३, मंगलबार 1788886807
Banner

रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद, सशक्त संसद’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण श्रृंखला–भाग १ शुक्रबारदेखि स्टाफ कलेजमा सुरु भएको छ।

पार्टीका संघीय तथा प्रदेश सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, नेतृत्व विकास र प्रभावकारी संसदीय भूमिकाबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ।

प्रशिक्षण कार्यक्रममा संसदीय प्रक्रिया, विधेयक निर्माण, सार्वजनिक नीति, सुशासन, जनप्रतिनिधिको भूमिका तथा नेतृत्व विकाससँग सम्बन्धित विभिन्न विषयमा विज्ञहरूले सहजीकरण गर्ने कार्यक्रम रहेको छ।