पेरिस। फ्रान्समा संसदीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा प्रवेश गरेको छ ।
नयाँ निर्वाचनबाट देशको राष्ट्रिय सभाका लागि ५७७ जना सांसद निर्वाचित गर्नुपर्ने भएकाले निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको हो ।
आयोगले दुई चरणमा निर्वाचन गर्ने तय गरेको छ । आयोगका अनुसार जुन १२ तारिखमा पहिलो चरणको निर्वाचन र जुन १९ मा दोस्र्रो चरणको निर्वाचन हुनेभएको छ ।
निर्वाचनका लागि देशभरी छ हजार २९३ जना उम्मेदवारी चुनावी प्रतिश्पर्धामा उत्रिएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि स्थानीय समय अनुसार जुन १२ को बिहान ८ बजे मतदान केन्द्रहरु खुल्ला हुनेछन् भने बेलुका ६ बजेसम्म मतदान गर्न पाइनेछ ।
निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खस्यो र कुनै उम्मेदवारले २५ प्रतिशतभन्दा बढी तर सबैभन्दा धेरै मत ल्यायो भने दोस्रो चरणको निर्वाचन गर्नु नपर्ने व्यवस्था छ । तर निर्वाचनमा ५० प्रतिशत भन्दा कम मत खस्यो वा कुनै पनि उम्मेदवारले २५ प्रतिशतभन्दा बढी मत ल्याएनन भने दोस्रो चरणको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।
अहिलेको निर्वाचनका राष्ट्रपति इम्यानुयल माक्रोँको पार्टीसहितको गठवन्धन र जेन लुक मेलेन्चोन नेतृत्वको पार्टीसहितको गठबन्धनका बीच मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।
गृह मन्त्रालयका अनुसार निर्वाचनमा २० पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । फ्रान्सको संसदमा बहुमतका लागि २८९ सिट आवश्यक पर्दछ ।सिन्ह्वा