३० बैशाख २०८३, बुधबार 1778679110
राजनीति

रुलिङ गरेर प्रधानमन्त्रीलाई बोलाउन कांग्रेसको माग

काठमाडौँ : नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन माग गरेका छन् । आज जारी प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखको रुलिङ मार्फत प्रधानमन्त्रीलाक्षर्् बोलाउनमाग गरेका हुन् ।

हिजो बसेको प्रतिनिधिसभा बैठकमा हाम्रो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदनमार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो । प्रधानमन्त्रीको उपस्थिति खोज्नुभयो । तर आज पनि अवस्था उस्तै छ । सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन,’उनले सभामुखको ध्यानाकर्षण गराउँदै भने ‘‘हजुर हाम्रो नायक पनि हो । तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन,’ राईले भने, ‘त्यसैले सभामुख मार्फत तत्काल सम्माननीय ज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’