३१ बैशाख २०८३, बिहिबार 1778760769
राजनीति

प्रधानमन्त्री नआए संसद चल्न दिँदैनौँ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री उपस्थित नभए आज पनि संसद चल्न नदिने बताएको छ । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ नदिने हो भने संसद चल्न नदिने बताएका हुन् ।

‘संविधानको धारा १० अनुसार प्रधानमन्त्रीज्यूलाई संसदप्रति उत्तरदायी बनाउन चाहन्छु। प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि सुखद होइन । फेरि पनि आग्रह गर्दछु । सभामुखले रुलिङ गर्नुस् ।’ उनले भने, ‘फेरि पनि भन्छौँ प्रधानमन्त्री सदनमा उपस्थित हुनुभएन भने हामी सदन चल्न दिँदैनौँ ।’