२ जेष्ठ २०८३, शनिबार 1778956857
राजनीति

विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बन्यो : खड्का

काठमाडौं : नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको बताएका छन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले विशेष महाधिवेशनकै प्रभावका कारण प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस खुम्चिन पुगेको दाबी गरे । ‘विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो,’ उनले भने, ‘कांग्रेसको यस्तो अवस्था नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।’

उनले पार्टी अहिले विभाजनको सँघारमा पुगेको चेतावनी पनि दिए । केही दिनअघि सभापति र उपसभापतिसँग भएको भेटको प्रसंग उल्लेख गर्दै खड्काले आफूले पार्टी विभाजनको बाटोमा जान नहुने सुझाव दिएको बताए । ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न तर पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुई जनाको हातमा छ मैले भनेको छु,’ उनले भने ।