३ भदौ २०८३, बुधबार 1787145526
Banner

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता खुला गर्ने एमालेको निर्णय

काठमाडौं-नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सोमबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय भएको जानकारी दिइन्।

राष्ट्रपति पदबाट अवकाशपछि सक्रिय राजनीतिमा फर्किने विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला एमालेले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र उनको भूमिका र आगामी राजनीतिक सक्रियताबारे पनि चासो बढेको छ।