काठमाडौँ : भक्तपुरमा एक पुरुषको शव फेला परेको छ ।
मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित हनुमन्ते खोलाको पुलन नजिकै एक पुरुषका शव फेला परेको हो ।
मृत भेटिएक पुरुष इलाम घर भएका ४८वर्षीय भीम राई रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बताएको छ ।
घटनाबारेमा भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


