४ जेष्ठ २०८३, सोमबार 1779129645
समाचार

तालमा डुबेर बालिकाको मृत्यु

त्रिवेणी : नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे तालमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । आज दिउँसो गैँडाकोट-१ नवदुर्गा टोल निवासी मनिषा थापाकी ११ वर्षीया छोरी सजिना थापा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएकी थिइन् ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी नायब निरीक्षक नवीन कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पानीको दहबाट मृत अवस्थामा सजिनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।