८ जेष्ठ २०८३, शुक्रबार 1779447873
प्रदेश

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले बिहीबार जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । मन्त्रिपरिषद् पुनर्गठनसँगै नेकपा एमाले पनि सरकारमा सहभागी भएको छ।