१८ भदौ २०८३, बिहिबार 1788424690
कला/साहित्य

दृष्टि भईन मिस एईई नेसनल

‘मिस एसइइ नेसनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । २१ प्रतियोगीलाई पछि पार्दै बस्नेतले उपाधि चुमेकी हुन् । विजेता बस्नेतले विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्ति पाएकी छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए ।

युहान इन्टरनेशनलले एमी इन्टरटेनमेन्टसँग सहकार्य गर्दै आयोजना गरेको प्रतियोगितामा प्रमिशा चापागाई पब्लिक च्वाइस, मञ्जिशा कुँवर भ्युअर्स च्वाइस, तृषा अर्याल मेनेजमेन्ट च्वाइस, लिपी दाहाल मिस ट्यालेन्ट, अबिरा कार्की मिस फोटोजेनिक, पुजा पराजुली वेष्ट वाक, अरुणिमा सिंह वेष्ट पर्सनालिटी, बेलिरिना कार्की मिस स्टाइलिस, लुनिभा कपाली मिस कञ्जिनालिटी, श्रेना भण्डारी मस्ट चार्मिङ, शिवानी रे मिस कन्फिडेन्ट, सेनिका सुवेदी मस्ट इन्टेलिजेन्ट र जिज्ञाशा केसी मस्ट एक्टिभ बने ।