२२ भदौ २०८३, सोमबार 1788795953
समाचार

काठमाडौँ उपत्यकामा २४ घण्टामा १,७७३ चालक कारबाहीमा

काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा १,७७३ चालकलाई कारबाही गरिएको छ। ट्राफिक प्रहरीले विभिन्न प्रकारका उल्लङ्घनकर्ताबाट रु ६ लाख ४४ हजार ५०२ राजस्व संकलन गरेको जनाएको छ।

कारबाहीमा मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी चलाउने, सिग्नल नमान्ने, लेन अनुशासन पालना नगर्ने, निषेधित स्थानमा हर्न बजाउने, गलत पार्किङ गर्ने र अन्य नियम उल्लङ्घन गर्ने चालकहरू परेका छन्।