२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:49 am
Banner

सरकारले जनअपेक्षा अनुसारको बजेट ल्याउन सकेन : एमाले

सूचना प्रेस २०८३ जेष्ठ १६ शनिबार ००:००, २०:२७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) ले सरकारले ल्याएको बजेट गैरजिम्मेवार रहेको निष्कर्ष निकालेको छ। शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। दुई तिहाइ प्राप्त गरेको सरकारको मुलुकको रुपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए।

उनले शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा पनि सरकारले पर्याप्त ध्यान दिन नसकेको र बजेटको स्रोत सुनिश्चितता समेत भरपर्दो नरहेको उल्लेख गरे। बैठकले दुईवटै सदनको दुई तिहाइले संविधान संशोधन गर्न सकिने भाव सहितको संसद नियमावली अघि बढाउन खोजिएको भन्दै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको उनले बताए।

बैठकले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनमा पार्टीको दृष्टिकोण आएपछि संसदीय दलले पनि त्यही अनुसार धारणा बनाउने निर्णय गरेको महरले बताए।