१८ जेष्ठ २०८३, सोमबार 1780321586
राजनीति

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि लागि प्रस्थान गरेका छन् । पाँच दिने भ्रमणको लागि दिल्ली उडेका हुन् ।

उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका छन् ।

रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् ।

नयाँ दिल्लीमा रविले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको विवादित अभिव्यक्तिले राजनीति गरमराएको बेला रविको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

भ्रमण सकेर लामिछाने जेठ २२ गते स्वदेश फर्कने तय भएको छ।