काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली पुगेका छन् । सोमबार उनी रास्वपा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका हुन् ।
लामिछाने दिल्ली पुग्दा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । उनी ५ दिनपछि नेपाल फर्कनेछन् ।
दिल्लीमा रहँदा लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।


