१९ जेष्ठ २०८३, मंगलबार 1780399956
समाचार

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र भ्रामक : खड्का

काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री बालेन शाहले दिएको ‘नेपालले भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति असत्य, भ्रामक, कपोकल्पित र राष्ट्रघाती रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधि सभामा प्रस्तुत गरेको उक्त अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै खड्काले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रको मर्यादा, स्वाभिमानमा गम्भीर आघात पुर्‍याएको छ।’

नेता खड्काले नेपालले कुनै पनि स्थानमा भारतको भूमि अतिक्रमण नगरेको पनि उल्लेख गरेका छन्। ‘भूमि अतिक्रमण गरेकोबारे भारतले पनि दाबी गरेको छैन,’ उनले भनेका छन्।

WhatsApp-Image-2026-06-01-at-7.58.23-PM-1780375544.jpeg