काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ राष्ट्रिय कार्यशाला सुरु भएको छ । बबरमहलमा सुरु भएको कार्यशालाको उद्घाटन पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण हुने बताइएको छ ।


