२० जेष्ठ २०८३, बुधबार 1780513186
खेलकुद

नेपाल बंगलादेशसँग पराजित

काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ। नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भएको हो ।

इन्जुरी समयमा ९३ औं मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन्।

२२ औं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। ४६ औं मिनेटमा ऋतु पोर्ना चक्माले बराबरीमा ल्याएकी थिइन् ।