महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको रास्वपा कञ्चनपुरले जनाएको छ ।
राति सम्पन्न मतगणना अनुसार सभापति पदमा विष्टले १९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नवीनबहादुर चन्दले ६१ मत प्राप्त गरेका छन् । यसअघि पनि विष्ट नै कञ्चनपुरको सभापति थिए ।
उपसभापतिमा भागरथी बडाल निर्विरोध निर्वाचित भएकी छन् ।
त्यसैगरी, सचिवमा राकेशबहादुर चन्दले रामदत्त भट्टलाई पराजित गरेका छन् । सचिवमा चन्दले १९५ र भट्टले ५५ मत प्राप्त गरेका छन् ।
जिल्ला सभापति र सचिव पदका लागि भएको निर्वाचनमा कूल २५९ मत खसेको थियो ।
सहसचिव पदमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन् ।


