१ असार २०८३, सोमबार 1781549098
Banner

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिम मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात् ३८।५६ प्रतिशत र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात् ६०।६८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २५ करोड अर्थात् कुल विनियोजनको ०।७६ प्रतिशत रहेको उनले बताए । चालु खर्च चालु आर्थिक वर्षको तुलनामा १ प्रतिशत कम भएको मन्त्री शेरचनले बताए ।

प्रदेश बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट समानीकरण अनुदानस्वरूप ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, ससर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख र विशेष अनुदानमार्फत ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान रहेको बजेटमा उल्लेख छ ।