१ असार २०८३, सोमबार 1781547816
Banner

बागमती प्रदेशले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट

मकवानपुर । बागमती प्रदेश सरकारले बजेटको आकार घटाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र०८३ को तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाएको हो ।

प्रदेश सरकारले आगामी वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार बसेको प्रदेशसभामा चालु आर्थिक वर्षको तुलनामा ५४ करोड ४० लाख रुपैयाँ बजेट घटाएर आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । मन्त्री तामाङका अनुसारका सरकारले एकै पटक ११ प्रतिशत प्रशासनिक खर्च घटाउने लक्ष्य राखेको छ । प्रदेश सरकारले चालु खर्चभन्दा विकास निर्माण र पूर्वाधार विस्तारमा केन्द्रित हुँदै पुँजीगत खर्चलाई उच्च प्राथमिकता दिएको जनाएको छ । प्रदेशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको मन्त्री तामाङले बताए ।

मन्त्री तामाङका अनुसार आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम कार्यान्वयन गर्न कुल ६६ अर्ब ९४ करोड ३३ लाख ३३ हजार रुपैयाँ विनियोजित बजेटमध्ये पुँजीगत खर्चको हिस्सा उल्लेखनीय रूपमा बढी राखिएको छ । कुल बजेटमध्ये ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ ९६५।६९ प्रतिशत० रहेको छ भने चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ ९३४।३१ प्रतिशत० विनियोजन गरिएको छ ।