४ आश्विन २०८१, शुक्रबार 1726811675
खेलकुद

पेरुलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकपमा छनोट

काठमाडौं । पेरुलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ।

सोमबार राति भएको इन्टर कन्टिनेन्टल प्लेअफमा निर्धारित समय ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो।

एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशीय छनोटमा पेरुलाई पराजित गरेको हो। पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो। जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने। ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए।

यससँगै एसियाबाट जापान, साउदी अरेबिया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन्।

योसँगै विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टिमको टुंगो लागेको छ।