३ भदौ २०८३, बुधबार 1787145534
Banner

प्रतिनिधि सभाको आजको बैठकमा १० मन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलवार पनि जारी छ ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमाथिको जवाफले नै निरन्तरता पाउने संघीय संसदको सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय सहित १० मन्त्रालयका मन्त्रीहरूले संसदमा जवाफ दिनेछन् ।

आजको बैठकमा युवा तथा खेलकुद, शहरी विकास, कृषि तथा पशुपन्क्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ ।