९ मंसिर २०८१, आइतबार 1732467163
प्रदेश

काठमाडौं उपत्यका लगायतका क्षेत्रमा बिहानैदेखि वर्षा

काठमाडौं । काठमाडौं उपत्यका लगायतका क्षेत्रमा मंगलवार बिहानैदेखि वर्षा भइरहेको छ ।

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू९भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम विभागले जनाएको छ ।

सोही प्रभावका कारण वर्षा भइरहेको विभागले जनाएको हो ।

विभागका अनुसार, आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली वाँकी भूभागहरूमा आंशिकदेखि मौसम सफा रहनेछ । प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा मेघ गर्जनरचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।