८ मंसिर २०८१, शनिबार 1732361619
विश्व

अल सबाबको चर्को करले कृषक घर–खेत छोड्न थाले    

मोगादिसु । अन्तर्राष्ट्रिय लडाकु समूह अल कायदसँग आवद्ध अर्को इस्लामिक लडाकु समूह अल सबाबले सोमालियाका विभिन्न भागमा कृषिमा चर्को कर लगाएको छ ।  कृषिमा ठूलो परिमाणको करका कारण खडेरीको गम्भीर समस्याका वावजुद पनि किसानलाई वाली लगाउन समस्या भएको छ । अल सबाबले लामो समयदेखि सोमालियामा हिंसात्मक सघर्ष गर्दै आएको छ ।
 

खडेरीले सोमालियाका राष्ट्रपति हसन शेख मोहमदका विशेष दूत अब्दिरहमान अब्दिसाकुर वार्सामिले अल सबाबको अत्यधिक कर मागको कारण किसानहरू आफ्ना घर र खेत छाड्न थालेका छन् । 
 
“७० लाखभन्दा बढी सोमाली खडेरीबाट पीडित छन् । यसमध्ये २ लाख ५० हजार व्यक्ति भोकमरीको जोखिममा छन् । खडेरीका कारणमात्र नभई असुरक्षाका कारण पनि मानिस भाग्न थालेका छन् । अल सबाब आतंककारी समूहको नियन्त्रणमा रहेका क्षेत्रहरूमा तिनिहरूले कृषकहरुलाई वाली लगाउन रोकिरहेका छन्,” वार्सामिले भनेका छन्, “ तिनीहरूले बोटबिरुवा लगाउने प्रक्रिया, माटो तयारी प्रक्रिया र वाली कटानमा कर लगाएका छन् । पशुपालन गर्नेहरूले पनि पशु बेच्दा पशुको भाउभन्दा बढी कर तिर्नुपर्ने भएको छ ।” 
 
अल सबाबले सोमलियामा आफ्नो छवि सुधार्न र राहत वितरण कार्य गरेर देखाउन प्रायः खडेरीको नाजायज फाइदा उठाउने गरेको छ । गत जनवरीमा ‘खडेरी राहत’अभियान थालेको जनाएको थियो । बीबीसी