काठमाडौं । कतारको मुख्य प्राकृतिक ग्यास निर्यात टर्मिनलमा ठूलो विस्फोट हुँदा ५४ जना घाइते भएका छन् । विस्फोटबाट आगलागी हुँदा १८ जना बेपत्ता भएका छन् ।
कतारको प्राकृतिक ग्यास उद्योगको प्रमुख केन्द्र रास लाफान औद्योगिक क्षेत्रमा विस्फोट भएको हो । यसअघि अमेरिका–इरान युद्धको समयमा इरानी आक्रमणमा यो ग्यास प्लान्टमा ठूलो क्षति पुगेको थियो ।
आइतबार राति मर्मतपछि प्लान्टलाई पुनः सुरु गर्ने क्रममा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विश्वको ठूलो प्राकृतिक ग्यास उत्पादकहरूमध्ये एक कतारको यो प्रमुख निर्यात केन्द्रमा भएको दुर्घटनाले विश्वव्यापी ऊर्जा बजारलाई असर पुर्याउन सक्ने उल्लेख गरिएको छ ।


