८ असार २०८३, सोमबार 1782163279
Banner

मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६८ प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवक र एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन् ।

मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौं टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।