क्यालिफोर्निया । आधुनिक विश्वका सबैभन्दा प्रसिद्ध, चमत्कारी एवं कीर्तिमानी खेलाडी अर्जेन्टिनाका लिओनल मेस्सीले ६ वटा विश्व रेकर्ड कायम गरेका छन् ।
विश्वकप इतिहासमा जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्ड ब्रेक गर्दै मेस्सीले १८ गोलको नयाँ कीर्तिमान कायम गरेका हुन् ।]
६ पटक विश्वकप खेल्ने संसारकै पहिलो खेलाडी ३८ वर्षीय मेस्सीले सबैभन्दा पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडीको पहिलो नम्बरमा समेत उनले विश्व रेकर्ड कायम गरे । मेस्सीले चार दिनअघि अल्जेरियाविरूद्ध ह्याट्रिक गरेका थिए ।
हालसम्म विश्वकपमा सर्वाधिक २८ खेल खेल्दै १८ खेल जितेर विश्व कीर्तिमान राखेका मेस्सी क्रिस्टियानो रोनाल्डोपछि संसारका दोस्रो घनी खेलाडी समेत हुन् । मिडिया रिपोर्टका अनुसार मेसीसँग बिलियन डलर बढीको सम्पत्ति रहेको छ ।
२ हजार ४ यस मिनेट विश्वकपका मैदानमा उत्रेर सबैभन्दा बढी समय खेल खेल्ने खेलाडीको विश्व इतिहास समेत मेस्सीले नै कायम गरेका छन् ।
फुटबलको महासंग्राम विश्वकप स्पर्धामा दुई पटकका गोल्डेन बल जितिसकेका मेस्सीको ध्यान पुनः एकपटक देशलाई उपाधि दिलाउन र गोल्डन बुट हात पार्नेतर्फ केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अमेरिकाको टेक्सासमा आज भएको खेलमा मेस्सीको २ गोलको मद्दतले अस्ट्रियालाई पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेश गरेको छ ।


