२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:48 am
समाचार

रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन

सूचना प्रेस २०८३ असार १० बुधबार ००:००, ११:३८ बजे १ मिनेट पढाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ ।

उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरूको नाम र तस्बिर राखेर मतदान गराइने छ।

निर्वाचनमा ४०० भन्दा बढीले उम्मेदवारी दिएका छन्। मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ ।