काठमाडौं । भेनेजुएलामा आपत्कालको घोषणा गरिएको छ । भूकम्पमा हजारौँ मानिसको मृत्यु भएको आशंका गर्दै आपत्काल घोषणा गरिएको हो ।
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपत्कालको घोषणा गरेकी छन् ।
सम्बोधनको क्रममा उनीसँगै गृहमन्त्री र राष्ट्रियसभाका प्रमुख र उनका भाइ जर्ज रोड्रिगेज पनि थिए । राष्ट्रपतिले राहत र उद्धार कार्यको निरीक्षण गर्न एक जनरललाई तोकेको समाचारमा उल्लेख छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या १० हजार नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको छ ।
भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुगेको बीबीसीले जनाएको छ ।


