११ असार २०८३, बिहिबार 1782390806
विश्व

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७ सय बढी घाइते

काठमाडौं । भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् । यसैबीच, भूकम्पपछि सरकारले प्रभावित क्षेत्रहरूमा ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरेको छ ।

गृहमन्त्री डिओसडाडो काबेलोले धेरै भवनहरूमा क्षति पुगेको र ग्यास चुहावट वा विस्फोट जस्ता घटनाहरू रोक्न यो सावधानी अपनाइएको बताएका छन् ।