बुटवल : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्।
नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी प्रदेशको प्रथम एकता बैठक तथम प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल आएका संयोजक प्रचण्डले सञ्चारकर्मिसंग बोल्दै उनले यस्तो बताएका हुन्। ‘जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यो अनुसार सरकार पूर्ण असफल देख्छु’ उनले ।
उनले वाम एकता भन्दा पनि एमाले काँग्रेस सहितको सहकारयको खाँचो रहेको बताए । एकता बैठकमा संयोजक प्रचण्ड सहित सहसंयोजक माधव नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, बर्षमान पुन लगायतका नेताहरको उपस्थिति रहेको छ ।


