२२ असार २०८३, सोमबार 1783351459
अर्थ

एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एकछत्र उपस्थिति

एनपीएलमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एकछत्र उपस्थिति, पाँच फ्रेन्चाइजको एक्लो टाइटल स्पोन्सर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअघि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रतियोगितामा आफ्नो एकछत्र उपस्थिति देखाएकाे छ। कम्पनी एकैपटक पाँच फ्रेन्चाइजको एक्लो टाइटल स्पोन्सर बनेसँगै एनपीएलको सबैभन्दा ठूलो कर्पोरेट साझेदारका रूपमा उभिएको हो।

कम्पनीले कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग टाइटल स्पोन्सर सम्झौता गरेको छ। यससँगै यी पाँचै टोली एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्डिङसहित एनपीएलको तेस्रो संस्करणमा मैदान उत्रिनेछन्।

नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको एनपीएलमा एउटै ब्रान्डले एकैपटक पाँच फ्रेन्चाइजसँग टाइटल स्पोन्सरको सम्झौता गर्नु नेपाली क्रिकेटको इतिहासमै सबैभन्दा ठुलाे हाे । यसले प्रतियोगिताप्रति निजी क्षेत्रको बढ्दो विश्वास र एनपीएलको व्यावसायिक मूल्यलाई थप उचाइमा पुर्‍याएको संकेत गरेको छ। कम्पनीका अनुसार यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि मात्र नभई नेपाली क्रिकेटको व्यावसायिक विकास, खेल संस्कृतिको प्रवर्द्धन तथा युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो।

एनपीएलको बढ्दो लोकप्रियता, उच्च दर्शक सहभागिता, डिजिटल पहुँच र व्यावसायिक सम्भावनालाई दृष्टिगत गर्दै एक्स्ट्रिम इनर्जी ड्रिंक्सले पाँच फ्रेन्चाइजसँग रणनीतिक साझेदारी गरेको जनाएको छ। कम्पनीको यो कदमले प्रतियोगिताको ब्रान्डिङ, बजार विस्तार र व्यावसायिक आकर्षणलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। एकैपटक पाँच फ्रेन्चाइजको टाइटल स्पोन्सर बनेसँगै एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एनपीएलमा आफ्नो प्रभावशाली उपस्थिति स्थापित गरेको छ। यसलाई नेपाली खेलकुदमा निजी क्षेत्रको बढ्दो लगानी र ब्रान्ड प्रतिस्पर्धाको नयाँ उदाहरणका रूपमा समेत हेरिएको छ।