काठमाडौं । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ छन् ।

‘नक्सालस्थित नेपाल बाल संगठनको जग्गा सस्तो मूल्यमा ७९ वर्षसम्मको लागि भाडामा दिएर लाभ लिएको कसुरमा प्रहरीले यसअघि अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सो प्रकरणमा बाल मन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनामाथि अनुसन्धान गरेको थियो ।

