२५ असार २०८३, बिहिबार 1783616521
Banner

बालेन सरकार एक चीन नीति विरुद्ध हो ? : एमाले

काठमाडौँ : नेकपा एमालेले वर्तमान बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार नेपालले अवलम्बन गर्दै आएको एक चीन नीति विरुद्ध गएको हो ? भन्दै सरकारलाई प्रश्न गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले बालेन सरकारले पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन दिएर नेपालको परराष्ट्र नीतिलाई चुनौती दिएको बताए ।

उनले लामाको जन्मोत्सवका अवसरमा असार २२ गते स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा भएको कार्यक्रमले नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भए देखिको सुमधुर सम्बन्धलाई खलबल्याउने काम गरेको बताए । महरले उक्त राष्ट्रहित विरोधी कामको एमालेले विरोध गर्ने भन्दै त्यसबारे चीनका लागि सात पूर्व राजदूतहरूले समेत विरोध गरेको बताए ।