२५ असार २०८३, बिहिबार 1783622662
Banner

सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढेको बताउँदै उनले पछिल्लो सात–आठ वर्षमा वार्षिक औसत १८ प्रतिशतका दरले बढेको बताए । आवश्यक र प्रतिफलमुखी क्षेत्रमा ऋण लिनैपर्ने अवस्था रहेको अर्थमन्त्री डा. वाग्लेले बताए ।

‘मैले बारम्बार भन्ने गरेको छु, यसपटक साढे ६ खर्बको ऋण हामीले लिंदैछौं । यसको आधार पुरानै ऋण तिर्न जान्छ, ४१० अर्ब आन्तरिक ऋण लिंदैछौं, २४६ अर्ब हामी ऋण तिर्दैछौं, बचत थोरै हुन्छ । वैदेशिक ऋणतर्फ हामी २४७ अर्ब ऋण लिंदैछौं, ७२ अर्ब तिर्दैछौं,’ अर्थमन्त्री वाग्लेले भने, ‘यसो गर्दा बचेकुचेको जोड्यो भनेपनि ३० खर्बको ऋण यो सरकारले बोकेको हो । अब हामी ३३ खर्बको हाराहारीमा पुग्छौं, हाम्रो चाहाना के छ भने ६६ खर्बको अर्थतन्त्रलाई पनि हामी ७४ खर्ब पुर्‍याउँछौं । डेब्ट टू जीडीपी रेसियो बढ्नेवाला छैन, स्थिर रहन्छ ।’