२७ असार २०८३, शनिबार 1783794819
समाचार

कर्णाली नदीमा बेपत्ता गाडी चालक ९ दिनपछि मृत फेला

काठमाडौं । कर्णाली नदीमा बेपत्ता भएको गाडीका चालकको ९ दिनपछि शव फेला परेको छ ।

अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा फेला परेको शव चालक सुर्खेतको पञ्चपुरी नगरपालिका माझीगाउँ बस्ने तुलाराम सुवेदी रहेको पाइएको प्रहरीले जनाएको छ ।

१८ असारमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडामा सडकबाट कर्णाली नदीमा खसेको थियो ।

चालक तुलारामको शव फेला परेसँगै दुर्घटनामा हालसम्म चार जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार गाडीका सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता छन् । गाडीमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ ।