काठमाण्डौ – १२ वर्षअघि ब्यूटी पार्लरको तालिम लिँदै गर्दा इलामकी प्रभा चौलागाईंलाई अहिलेकोजस्तो शान र कमाइ होला भन्ने लागेकै थिएन । जे त होला भनेर लिएको तालिमले अहिले सोचेभन्दा राम्रो प्रतिफल दिएको छ । शान, मान र कमाइ बढाएको छ । सानैदेखि अरुलाई राम्रो बनाउने खुब रुची थियो उनलाई । गाउँ घरमा हुने विवाहमा बेहुँलालाई दुबोको माला बनाउने बेहुलीको मेकअप गरिदिन उनैलाई अगाडि सार्थै । आफुले सिप नसिक्दा नै गाउँभरिका मानिसहरुलाई सुन्दर बनाउन लागि परेकी प्रभालाई १२ कक्षाको परीक्षा दिएर बसेको खाली समय सदुपयोग गर्नमन लाग्यो । प्रभाले काठमाडौंमा ब्यूटी पार्लरको काम सिकिन । ६ महिनाको कोर्स गर्दैगर्दा उनलाई रुचि पनि बढ्दै गयो ।

६ महिनाको तालिम सकेपछि फेरि थप तालिम लिइन र उनले सिक्दा सिक्दै अरुलाई सिकाउन सक्ने भैसकेकी थिइन् । तर व्यावसायिक रुपमा अगाडि बढ्न भने सजिलो थिएन । ‘तालिम लिन त्यति गाह्रो भएको थिएन, जति काम सुरु गर्दा भयो, प्रभा विगत सम्झिदै भाबुक हुन्छिन, ‘नसोचेको दुःख भयो सुरुका दिनमा, अरुको पार्लरमा काम गरयो तर कमाइ नै नहुने, उनले आँखाभरि आँशु बनाउदै भनिन, ‘मैले खाजाको भरमा ८ महिनासम्म बिना तलब काम गरेको छु ।’
प्रभाको जीवन यात्रा संघर्षमय भए पनि प्रेरणादायी छ । १२ वर्षदेखि निरन्तर ब्युटिपार्लरकै क्षेत्रमा सिक्ने सिकाउने कार्य गदै आइरहेकी प्रभाले आफनै पार्लर खोलेकी छन् । प्रभा ब्युटी सलुन स्थापना गरेको पार्लरले पहिलो स्थापना दिवस मनाउदा अझ उत्साहित छिन् । १० रुपैयाँ पारिश्रमिक लिए सुरु गरेको थ्रेडिङ (आँखीभौँ मिलाउने) कामहुँदै अहिले एउटै कामबाट ३० हजारसम्म पारिश्रमिक लिने गरेकी छन् ।
मेरो काम र मेहनतलाई सबैले रुचाइदिनुभयो, प्रभा भन्छिन, ‘मैले श्रृगार गरेका ग्राहक एक पटक गरेपछि फेरि अन्त जादैनन्।’ आफूले संघर्षबाट शुरु गरेको पेसाबाटै अरुलाई समेत रोजगारी दिन पाएकोमा दंग छिन उनी । भन्छिन, हिजो पार्लर सिक्छु भन्दा बुवाको सहमति थिएन उहाँले शिक्षिका बन्नुपर्छ पढनुपर्छ भन्नुहुन्थ्यो तर आज म सौन्दर्य क्षेत्रको शिक्षिका बनेको छु यसैमा सन्तुष्ट पनि छु । उनको बुझाइमा पहिले यो क्षेत्रलाई विकृतिको रुपमा लिइने गरिन्थ्यो । पहिले नक्कल पार्ने थलोको रुपमा चिनिने ब्यूटीपार्लर अहिले धेरैजसोलाई अपरिहार्य नै भएको छ । फुर्सदको समयमा सिकेको तालिमले यतिबेला प्रभालाई दक्ष सँगै स्वरोजगार पनि बनायो । ‘मैले काम गर्न थालेको १२ वर्ष भयो, यो अवधिमा मैले दामसँगै नाम कमाएँ’, उनि भन्छिन् ।
फेरिँदै मेकअपको शैली
कुनै बेला अनुहारमा क्रिम पाउडर लगाए, नलगाएको प्रष्टै थाहा हुन्थ्यो । जानी नजानी सेतो र फुस्रो देखिने गरी अनुहारमा क्रिम पाउडर पोत्ने चलन थियो । बुझाइ पनि गलत थियो। तर अहिले गोरो छाला बनाउन होइन भइरहेको ब्यूटीलाई अझ निखार्न मेकअप हुन थालेको छ । स्पष्ट भन्नु पर्दा ‘नेचुरल ब्यूटी’लाई नै थप निखार्ने । विवाह, ब्रतबन्ध वा कुनै औपचारिक कार्यक्रम र सेमिनार । छाला र शरीरको बनोट सुहाउँदो आकर्षक बन्न प्रायः सबैको रोजाई अहिले नेचुरल मेकअप बनेको प्रभाको बुझाई छ ।

२ हजार बढीलाई तालिम
१२ बर्षअघि आफुले सिकेको सौन्दर्य व्यवसायको सिपलाई उनले अरुलाई तालिम दिने पनि गरेकी छन् । काठमाडौंका विभिन्न ट्रेनिङ सेन्टरमा उनले हालसम्म २ हजारभन्दा बढिलाई तालिम दिएकी छन । हातमा सीप भए संसारको जुनसुकै कुनामा भए पनि सजिलै स्वरोजगार बन्नुका साथै उन्नति प्रगति गर्न सकिने उनको तर्क छ।
उनको पार्लर प्रभा ब्युटी सलुनमा उपलब्ध सेवामा मेकअप, ल्यासेस, केराटिन, जेल–नेल एक्सटेन्सन, रिफिल, रिमुभ, आइल्यास एक्सटेन्सन, थ्रेडिङ, आइब्रो वाक्स तथा हेयर स्टाइल, मेनिक्योर–पेडिक्योर, हाइड्राफेसियल लगायतका सेवा समावेश छन्। कौशलटार चोकबाट बालकोट जाने बाटोहुँदै हुनमन्ते पुल कटेपछि प्रभा ब्युटी सलुन रहेको छ । प्रभा ब्युटी सलुनका लागि ९८४१९९६१३१, ९८२३०७३१०१ फोन नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

