२९ असार २०८३, सोमबार 1783961973
Banner

मिडिया हाउस अगाडि गाडी पार्किङ गरेर अवरोध गर्नु लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार : एमाले

काठमाडौं । नेकपा (एमाले) ले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएकोमा आपत्ति जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनलगायत सञ्चार संस्थाका कार्यालयको गेटमै सवारीसाधन तेर्स्याएर पत्रकारको आवतजावत रोक्ने प्रयास गरिएको भन्दै यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताएका हुन् ।

​स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै आचार्यले सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्‍याउने यो निन्दनीय र रहस्यमय घटनाको भर्त्सना गरे ।

साथै आचार्यले ​यस सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई पूर्ण समर्थन गर्ने पनि स्पष्ट पारे ।