२६ भदौ २०८३, शुक्रबार 1789168956
समाचार

कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु

धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। सोमवार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतका अनुसार सोमबार दिउँसो नदीमा नुहाउने क्रममा बेपत्ता भएको ठगुन्ना मृत फेला परेका थिए।

स्थानीय र प्रहरीले संयुक्त खोजी गर्दा उनी डुबेकै स्थान नजिकै मृत भेटिएका हुन्। उनका शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।