काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको अमेरिकी आक्रमणहरूले इरानको सैन्य शक्ति धेरै हदसम्म ध्वस्त भएको दाबी गरेका छन् ।
अमेरिकी मिडियासँगको कुराकानीमा ट्रम्पले अमेरिकी आक्रमणले इरान ‘पाषाण युग’ (ढुङ्गे युग)जस्तो अवस्थामा पुगेको दाबी गरेका हुन् ।
ट्रम्पले हालसम्म इरानका १५९ वटा सैन्य जहाजहरू नष्ट गरिएको बताए । साथै, २०० वटा सैन्य विमान, राडार, हवाई प्रतिरक्षा प्रणाली र उनीहरूको हतियार उत्पादन क्षमताको ठूलो हिस्सा पनि समाप्त पारिएको पनि ट्रम्पको दाबी छ ।
ट्रम्पका अनुसार इरानको हतियार उत्पादन क्षमताको करिब ८४ प्रतिशत हिस्सा नष्ट गरिएको छ । उनले इरानसँग अझै पनि केही क्षेप्यास्त्र र सीमित सैन्य क्षमता बाँकी रहेको स्वीकार गरे ।

