३ आश्विन २०८१, बिहिबार 1726804509
Banner

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) एक आपसमा गाभिनका लागि मर्जर तथा प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।  बिहीबार बिहान होटल याक एन्ड यतीमा मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।

हाल ग्लोबल आइएमईको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बैंक अफ काठमाडौंको १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।