३२ असार २०८३, बिहिबार 1784206855
समाचार

खुकुरी प्रहार गरी गम्भिर घाइते बनाउने व्यक्ति पक्राउ

भोजपुर : पौवादुङ गाउँपालिका ३ च्याङग्रेमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन । राति करिब १०:०० बजे स्थानीय २७ वर्षीय धनकुमार राईलाई सोही स्थानका ६० वर्षीय गणेशबहादुर राईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

घाइतेको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि धरान पठाइएको छ । सामान्य विवाद झै-झगडामा परिणत हुँदा घटना घटेको थियो ।

घटनापछि गणेशबहादुर राईलाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।